अवैध सम्पत्ति आर्जनको अभियोग लागेका उपत्यका विकास प्राधिकरण अधिकृतले पाए सफाइ

अवैध सम्पत्ति आर्जनको अभियोग लागेका उपत्यका विकास प्राधिकरण अधिकृतले पाए सफाइ

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • अवैध सम्पत्ति आर्जनको अभियोग लागेका उपत्यका विकास प्राधिकरण अधिकृतले पाए सफाइ

    काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीलाई विशेष अदालतले सफाइ दिएको छ ।

    अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तीन करोड २१ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका कार्कीलाई आरोपबाट सफाइ दिएको हो ।

    तीन करोड ७७ लाख रुपैयाँ वैध आर्जन गरेका उनले ६ करोड ९८ लाख रुपैयाँ जोडेको भेटिएको भन्दै अख्तियारले उनीविरुद्ध ८ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले उनीसँगै पत्नी देवका अधिकारी र छोरी गृष्मा कार्कीलाई पनि सफाइ दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij