काठमाडौं । व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खाबन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ। तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
चोभार सुख्खा बन्दरगाह चोभारका स्थानीय गोविन्द थापा सुख्खा बन्दरगाहको सुरुवात गर्दा जति व्यापारीक चहलपहलको अपेक्षा गरिएको थियो त्यो नभएको बताउँछन् ।
‘सुख्खाबन्दरगाहको सुरुवातगर्दा जुनव्यापारको अपेक्षा गरिएको थियो त्यो चाहिँभएको छैन । वास्तवमाबन्दरगाह क्षेत्रमाव्यापार बढ्छ भनिएको थियो । तर त्यस्तो छैन । यसरी हेर्दा यो अनावश्यक देखियो,’ उनी भन्छन्, ‘यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मकनभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो । त्यो पनिअध्ययन नै नगरी । हिजो आज यहाँ दुईवटा गाडी मात्र आउँछन् ।’
हाल सुख्खा बन्दरगाहमा दैनिक दुईवटा कन्टेनर मात्रभन्सार जाँचपासका लागि आइपुग्छन । नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहको भन्सारतर्फको ट्राफिक कमहुनुको मुख्य कारण काठमाडौं–तराई फास्ट ट्रयाकको निर्माण ढिलाइ हो । यद्यपि, चीनको तातोपानी र रसुवानाकाबाट सिधै चोभार सुख्खाबन्दरगाहमाभन्सार गराउने सुविधा सुरु भइसकेको छ । उनले भने, ‘फास्ट ट्रयाक सम्पन्न भएपछि यहाँको ट्राफिक दोब्बरले बढ्नेछ ।’
कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहको मुख्यव्यापार लजिस्टिक हब भएको बताए । गजुरेलले भने, ‘चोभार सुख्खा बन्दरगाहमा संचालनमा ल्याइएको लजिस्टिक हबले व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । लजिस्टिक हबमार्फत प्रोसेसिङ, प्याकेजिङ र लेबलिङको सुविधा हामीले उपलब्ध गराएका छौं, जसले व्यापारलाई चलायमान बनाएको छ ।’
गजुरेलले सुख्खा बन्दरगाहलाई निजी क्षेत्रले संचालनमा ल्याएपछि सेवा र आम्दानीमा सुधार आएको बताए । ‘निजीक्षेत्रले वार्षिक तीन करोड रुपैयाँन्यूनतम राजस्व दिन्छ । ट्राफिक बढेसँगै अबको पाँचवर्षमा ८–१० करोड रुपैयाँआम्दानी गर्न सकिने देखिएको छ,’उनले थपे ।
आगामीदिनमा सुख्खा बन्दरगाहको क्षमताले नपुग्ने अवस्था आउन सक्ने भन्दै गजुरेलले हिमालसिमेन्टको सातसय रोपनीजग्गामध्ये तीन सय रोपनी बन्दरगाहको विस्तारका लागि माग गरिएको बताए ।
‘भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्नभइसक्दासुख्खाबनदरगाहको क्षमताले भ्याउँदैन । हामीअहिले त्यसको तयारी तिर लागेका छौं,’उनले भने, ‘यो कुरा मैले मन्त्रालयमामन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । हिमालसिमेन्टको सात सय रोपनीजग्गा छ त्यसमातीन सय रोपनीजग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागिए लोकेट गरिदनपर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरु सकारात्मक नै हुनुहुन्छ ।’
चालू आर्थिक वर्षमा चोभार सुख्खाबन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयातभएको भन्सार विभागकानिर्देशकमुक्ति प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले भने,‘यो आर्थिक वर्षमा चोभार सुख्खाबन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयातभएको छ । यो आर्थिक वर्षमाचोभार सुख्खाबन्दरगाहको राजस्व संकलनलक्ष्य २७ करोड ९३ लाखएक हजार रहेकोमा ३३ करोड ७२ लाख१७हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।’
विश्वबैंकको १ अर्ब ५४ करोड ऋण सहयोगमानिर्माण भएको बन्दरगाह काठमाडौंका व्यवसायीको आयाततथानिर्यात सहजीकरणका लागि संचालनमाल्याइएको हो ।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमापाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्मबन्दरगाह पूर्ण क्षमतामाचल्ने सम्भावनाभने न्यून देखिएको स्थानीयको बुझाइ छ ।–नेपालन्यूज बैंकबाट