काठमाडौं । धादिङकी शोभा पाठकलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालत अगाडिबाट पक्राउ परेकी पाठकलाई प्रहरीले आज मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको प्रहरीले जनाएको छ । पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसन्धान गरिएको छ ।
पाठकविरुद्ध राजकुमार त्रिपाठी नाम गरेका व्यक्तिले साइबर कसुरमा प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए ।
नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी पाठक सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी थिइन् । पाठकले बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैँले गिरफ्तारी दिएको बताएकी थिइन् ।
यसअघि पनि उनी पक्राउ परेकी थिइन् । यसअघि पाठकले बस्नेतले आफूलाई अपार्टमेन्टमा राखेको र 'ह्यारेसमेन्ट' गरेको आरोप लगाएकी थिइन् ।