आफैंले चलाउने ट्रकमा च्यापिएर ३८ वर्षीय चालकको मृत्यु

आफैंले चलाउने ट्रकमा च्यापिएर ३८ वर्षीय चालकको मृत्यु

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • आफैंले चलाउने ट्रकमा च्यापिएर ३८ वर्षीय चालकको मृत्यु

    काठमाडौं । ट्रकमा च्यापिएर इलाममा एक जना चालकको ज्यान गएको छ । इलामको माङ्सेबुङ गाउँपालिका-३ सल्लेरीमा ट्रकले च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारापाका ३८ वर्षीय कुमार तामाङको ज्यान गएको हो ।

    काठ बोकेको ना३ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि गाडी मालिकसमेत रहेका तामाङ मर्मत गर्दै थिए । चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गरिरहेको अवस्थामा जग भासिएर च्यापिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

    घटनाबारे छानबिन भइरहेको प्रहरीको भनाइ छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij