परालको कुन्युमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

परालको कुन्युमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • परालको कुन्युमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

    काठमाडौं । इलाममा परालको कुन्युमा आगलागी हुँदा जलेर सोमबार एकजनाको मृत्यु भएको छ । माई नगरपालिका–२ रातेखाडीका ठकबहादुर लिम्बूको परालको कुन्युमा सोमबार राति आगलागी हुँदा देउमाई नगरपालिका–४ मंगलबारेका ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवाको मृत्यु भएको हो ।

    गम्भीर घाइते उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij