चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता मिति

चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता मिति

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता मिति

    काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि प्रस्तुतीकरण र अन्तरवार्ताको लागि मिति तोकिएको छ । 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक सुचना जारी गर्दै बोर्डको २०८१ असर १९ गतेको निर्णय अनुसार सो पदका लागि स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको लागि मिति तोकिएको हो । सूचना अनुसार ७ जना सो प्रस्तुतीकरण र अन्तरवार्ता दिन पाउने भएका छन् । 

    गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्र राज पाण्डे, मनोज बस्नेत, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा. विष्णु प्रसाद भट्टराईले यही पौष ८ गते कार्ययोजना प्रस्तुतीकरण दिने र ९ गते अन्तरवार्ता दिने सूचनामा उल्लेख छ । सो प्रस्तुतीकरण र अन्तरवार्ता कृषि मन्त्रालयमा हुने सूचनामा उल्लेख छ  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij