काठमाडौं । नेपालहाते कागज उद्यमी संघले आगामी दुई वर्षका लागिङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्ष माटोनिसाखुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित भएका छन् ।
अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधा कृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादवसिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायण धामी, सनतकुमार कार्की, घनश्याम मिश्र र तारा श्रेष्ठछन् ।
उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा सानाउद्योग महासंघकाअध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्षश्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष मोहनकटुवाल लगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गरेका थिए ।
नेपालकाकाठमाडौँ मोरङ सुनसरी संखुवासभा संखुवासभाइलामभोजपुर दोलखासिन्धुपाल्चोक बाग्लुङ कास्की रुकुम जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपालहाते कागजउद्यमी संघले जनाएको छ । हालदेशभर चार सय भन्दा बढी उद्योगहरू रहेको र तिनीहरूले चार लाख भन्दा बढी मानिसहरुलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताए ।
हाते कागजउद्यमीहरुको हकहित संरक्षण, सम्बद्र्धन र व्यवसायिक समृद्धिका लागि संगठितगर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागजउद्यमी संघको स्थापनाभएको भएको थियो । नेपाल न्युज बैकबाट