सहकारी प्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

सहकारी प्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • सहकारी प्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

    काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारी प्रति फिजाईएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन् । 

    मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवद्र्धन सम्बन्धि बागमती प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे उनले,सहकारी प्रति फिजाईएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी काम गर्न तर्फ लाग्न सबैलाई आग्रह गरे । 

    उनले भने,‘हामी सबै क्रियाशिलभएर सहकारी प्रति फिजाईएको भ्रमलाई छिटो चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिन सक्छौं भनेर जतिछिटो हामीयसतर्फ लाग्न सक्छौं, त्यतिछिटो समाधान हुन्छ भन्ने मलाई विश्वास छ । त्यसको लागि सरकारले नमिलेका अप्ठ्यारा परिस्थितिलाई कानुन विधिहरुलाई सच्याउँछ ।’

    उनले यहीपौष २८ गते केहीबचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको भन्दै अब चाँडै सहकारी पीडित सबैको समस्या समाधान गर्ने बताए । 

    प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमअहिले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरु र समस्याहरु समाधान गर्ने कोशेढुङ्गा सावितहुने विश्वास व्यक्त गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij