जर्जियाको ११ जना भारतीय नागरिक मृत फेला

जर्जियाको ११ जना भारतीय नागरिक मृत फेला

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • जर्जियाको ११ जना भारतीय नागरिक मृत फेला

    काठमाडौं । जर्जियाको गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिक मृत फेला परेका छन् । जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो ।

    दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

    जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो । कार्बन मोनोअक्साइड ग्याँसका उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

    उनीहरु सुत्ने ठाउँमा मृत फेला परेका थिए र प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन । शुक्रबार बत्ती गएपछि त्यहाँ तेलबाट चल्ने जेनेरेटर प्रयोग गरिएको थियो ।

    यसबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij