काठमाडौं । सप्तरीको राज विराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ । रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिन उडान सुरु गरेको हो ।
राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवापुग्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘अब राजविराज छायामा पर्ने छैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।’
मन्त्रीपाण्डेले विमानस्थलको रात्रिकालिन सेवाले अर्थतन्त्र लगायत विविध क्षेत्रमा बहुआयामिक प्रभावपार्ने बताए । उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे ।
उनले राजविराजबाट सिधा पोखरा लगायत गन्तव्यमा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए । यसअघि मन्त्रीपाण्डेले एयरफिल्डलाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।
यो सँगै रात्रिकालिनउडानहुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीविमानस्थल रात्रिकालिन उडान भईरहेको छ । राजविराज विमानस्थलमा २०७६ साल माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिटक्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडानगर्दै आएको थियो ।
राजविराजविमानस्थल २०१६ सालमातत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए । राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावनमार्ग रहेको छ । लामो समयबन्द रहेको राजविराज विमानस्थलबाट २०७५ साल असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो । नेपाल न्युज बैंकबाट