बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी मुल्य सोही रुपैयाँमा कायम भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij