दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

    घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको परिचय खुल्न नसेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij