धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको योग्यतामा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठको योग्यताबारेमा कुनै जानकारी नदिइनु र अर्थ मन्त्रालयले समेत आधिकारिक योग्यता विवरण सार्वजनिक नगरिनु भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो । 

    तत्काल छानबिन गरी कारबाहीको माग गरिएको उक्त उजुरी अख्तियारले सी-०३५३८४/२०८१/०९/०१ नम्बरमा दर्ता गरेको छ । 

    सूचनाको हक प्रयोग गर्दै अर्थ मन्त्रालयमा योग्यता नपुग्ने भन्दै निवेदन दर्ता गरे पनि मन्त्रालयले योग्यताको विवरण उपलब्ध नगराएको उजुरीमा भनिएको छ । 

    यस्तै नियुक्तिमा ५ अर्ब रकमको चलखेल भएको कुरामा पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै अख्तियारलाई अनुसन्धान गर्न भनिएको छ । 

    ‘पाँच अर्ब कमिसन प्रकरणमा जोडिएका भनिएका परराष्ट्रमन्त्री, अर्थमन्त्रीको समेत सम्बन्धलाई छानबिन गरियोस्’, उजुरीमा उल्लेख छ ।

    यस्तै उजुरीमा नयाँ स्टक एक्स्चेन्ज पनि भ्रष्टाचार भएको हुन सक्ने भएको भन्दै छानबिन गर्न भनिएको छ ।

    उजुरीमा हिमालयन रि इन्स्योरेन्स र लघुबीमाको लाइसेन्स दिँदा पनि भ्रष्टाचार भएको भन्दै त्यसउपर अनुसन्धान गर्दै बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालसहित अन्य कर्मचारीहरु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल,अम्बिका गिरीलगायतको सम्पत्तिमाथि समेत छानबिन गर्नुपर्ने माग गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij