जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नासुविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नासुविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नासुविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरी का दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ । नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार नायवा सुब्बा यादव र साहको आपसी मिलेमतोमा  सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    केही समयअघि २० हजार घुससहित नायव सुब्बा यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो जरिवाना र सजायको माग गरिएको अख्तियारले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij