राजविराजमा रात्रिकालीन उडानको तयारी, आज परीक्षण हुँदै

राजविराजमा रात्रिकालीन उडानको तयारी, आज परीक्षण हुँदै

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • राजविराजमा रात्रिकालीन उडानको तयारी, आज परीक्षण हुँदै

    काठमाडौं । सप्तरीको राजविराज विमानस्थलमा आज रात्रिकालीन उडानको परीक्षण हुने भएको छ । यसका लागि साँझ ५ बजे बुद्ध एयरले काठमाडौँ–राजविराज उडान गर्ने तालिका रहेको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जडान भएका लाइट र अन्य उपकरणहरूको परीक्षण हुनेछ । परीक्षण उडान सफल भए नियमित रूपमा बुद्ध एयरले काठमाडौँ–राजविराज रात्रिकालीन उडान गर्नेछ । 

    अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायत विमानस्थलमा रात्रिकालीन उडान भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij