काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द अवकाशमा गएका छन् । उनी उमेरहदका कारण हिजो राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् ।
विद्यमान प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन् ।
उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ ।
यसअघि डीआईजीहरु दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजी बढुवाका लागि सिफरिस गरिएको थियो । उनीहरुले एआईजीको दर्ज्यानी चिन्ह लगाउन बाँकी नै छ ।
सिफारिस स्वीकृत भएर बढुवा भएको अवस्थामा रिक्त डीआईजीको संख्या ३ पुग्नेछ ।