पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन् । आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले ६ सय ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले चार सय १० र शिव बस्नेतले ९३ मत प्राप्त गरे । 

    उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६ सय ८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले चार सय १६ मत पाए । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने छ सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले ३ सय ६३ मत पाइन् । 

    महासचिव पदमा आशिष गुरागाईं ५ सय ६७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी  रामचन्द्र दुलालले पाँच सय नौ मत पाए । उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी छ सय ३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले चार सय ४४ मत पाए । समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी भएका छन् । उनले छ सय १९ मत पाएका छन् भने प्रतिस्पर्धी मोहन वल्लले दुई सय ६३ मत प्राप्त गरे।  

    कोषाध्यक्षमा सन्जिप घिमिरे चार सय ७७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाएका छन्। 

    यसैगरी, खुला छ सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भएका छन् । महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भएका छिन् । 

    दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी भएका छन् । मधेशी  र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij