११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • ११ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ

    काठमाडौं । कञ्चनपुरबाट ११ ग्राम खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले भीमदत्त नगरपालिका–४ बजारबाट ११.८३ मिलीग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतको उत्तराखण्डको उधमसिंहनगर खटिमा बस्ने सलमान शाह र प्रभजोत सिंह खिडा रहेको प्रहरीले जनाएको छ ।

    उनीहरू दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्त्रान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij