बैदेशिक रोजगार विभागले तोक्यो आईरिस प्रणाली लागु गर्ने अन्तिम मिति

बैदेशिक रोजगार विभागले तोक्यो आईरिस प्रणाली लागु गर्ने अन्तिम मिति

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • बैदेशिक रोजगार विभागले तोक्यो आईरिस प्रणाली लागु गर्ने अन्तिम मिति

    काठमाडौं । बैदेशिक रोजगार विभागले आगामी पुस ३ गतेपछि  वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ । उक्त मितिमा जसरी पनि आईरिस सिस्टम लागु गर्ने विभागले जनाएको हो । 

    पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएको विभागले अन्तिम पटक मिति तोकेको हो । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो ।

    सोही आधारमा विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन । विभागले अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ ।

    विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितामा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । विभागका इन्जिनियरले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर उनीहरूको सिस्टमसँग जोडेको विभागले जनाएको छ ।

    हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij