भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • भ्रष्टाचार मुद्दामा दोषी ठहर  नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ

    काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको हो । 

    नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख  ३१ हनार ७ सय ८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए । उनलाई दुई छुट्टाछुट्टै  मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ ।

    विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलाशबाट सदर भएको थियो । तर, श्रेष्ठ त्यसयता फरार थिए ।

    शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने जनाइएको छ । अदालत‌मा पेश गरेपछि उनी फैसला कार्यान्वयन‌को लागि कारागार बस्नुपर्नेछ ।

    उक्त मुद्दामा दोषी ठहर भएका अन्य व्यक्तिको पनि फैसला कार्यान्वयन बाँकी रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij