दुर्घटना भएको कारबाट १३० किलो गाँजा बरामद

दुर्घटना भएको कारबाट १३० किलो गाँजा बरामद

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • दुर्घटना भएको कारबाट १३० किलो गाँजा बरामद

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको जिरोमाइलमा दुर्घटना भएको एक कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

    सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको ट्रक र बा ८ च ९९६३ नम्बरको आज बेलुकी ६ बजेर ५० मिनेटमा ठोक्किएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कारबाट पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा १३० किलो गाँजा बरामद भएको छ ।

    कारका चालक फरार छन् भने ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुर बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार विराटनगरबाट रौतहट जाँदै गरेको ट्रक र कोरोना बजारबाट जिरो माइलतर्फ आउँदै गरेको कार पूर्वपश्चिम राजमार्गको जिरोमाइलमा ठोक्किएका थिए ।

    स्थानीयका अनुसार दुर्घटना भएलगत्तै कार चालकले कारको नम्बर प्लेट र गाँजा निकालेर ट्याक्सीमा चढेर भाग्न खोजेका थिए । तर स्थानीयहरु भेला भएपछि उनी सबै छाडेर फरार भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार कसको हो र गाँजा कहाँबाट कहाँ लगिँदै थियो भन्ने खुलिसकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij