८ वर्षिया बालिकाको हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ

८ वर्षिया बालिकाको हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • ८ वर्षिया बालिकाको हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ

    काठमाडौं । बाजुरामा बालिकाको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–२, नडाङ सनइवाडाका ४८ वर्षीय नन्दे सनइ छन् ।

    नडाङ सनइवाडाकै हर्क सनइकी छोरी आठ वर्षीया विनिता नेपालीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    नन्देले धारिलो हतियार प्रहार गरी विनिताको हत्या गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij