कागेश्वरीमा एक महिलाद्वारा आत्मदाहको प्रयास

कागेश्वरीमा एक महिलाद्वारा आत्मदाहको प्रयास

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • कागेश्वरीमा एक महिलाद्वारा आत्मदाहको प्रयास

    काठमाडौं । काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली जमिनमा आत्मदाहको प्रयास गरेकी हुन् ।

    प्रहरीका अनुसार महिलाको पहिचान चितवन रत्ननगर नगरपालिका–१२ घर भएकी ३८ वर्षीया कमला आचार्य रहेको खुलेको छ । उनी हाल बौद्धको नारायाणटारमा डेरा गरेर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर आफैले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी घटनामा गम्भीर घाइते भएकी छन् ।

    उनलाई तत्कालै उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उनको शरीरका विभिन्न भाग जलेको छ । उनी घाइते भई बोल्न नसक्ने अवस्थामा छिन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij