पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजय नजिक

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजय नजिक

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजय नजिक

    काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलका उम्मेदवार निर्मला शर्मा विजयनजिक पुगेकी छन् ।

    मतगणना अन्तिम चरणमा पुग्दा अध्यक्ष निर्मला शर्माले प्रतिस्पर्धी रमेश विष्टसँग मतान्तर बढाएकी छन् ।

    पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९७३ मत पाउँदा विष्टले २ हजार ८२९ मत पाएका छन् । अब मधेश प्रदेश र जुम्लाको मतगणना हुन बाँकी रहेको छ ।

    शर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल लगायतका पदाधिकारीहरू विजय नजिक रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij