२ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम, जुम्लामा माइनस ७

२ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम, जुम्लामा माइनस ७

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • २ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम, जुम्लामा माइनस ७

    काठमाडौं । काठमाडौंमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

    यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।

    तराईमा हुस्सु र कुहिरो

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

    दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij