बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

    गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।

    पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij