चार जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

चार जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • चार जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा  बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले शुक्रवार ४ जनालाई बढुवा सिफारिस गरेको हो ।

    बढुवा हुनेहरूमा नेपाल प्रहरी अस्पताल एनेस्थेसिया शाखा महाराजगन्जमा कार्यरत डा.रामप्रसाद शर्मा, नेपाल प्रहरी अस्पताल नाक, कान घाँटी शाखा महाराजगन्जमा कार्यरत डा.नवीन लागेजु, सोही अस्पतालको प्याथोलोजी शाखामा कार्यरत डा.समृद्धि कार्की र बागमती प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.अञ्जली तुण्डकार रहेका छन् ।

    सचिवालयले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij