सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

    रौतहटको गौर नगरपालिका–६ सवगडास्थित सडकमा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र।२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल चालक गौर नगरपालिका(६ सवगडा बस्ने २२ वर्षीय सुरज साहको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र।२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको सर्वोत्तम अस्पताल वीरगन्ज पर्सामा उपचार भइरहेको छ ।

    त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा बा.प्र.०३–००१ ख २५२४ नम्बरको ट्रक र बा.प्र.०१–०१३ च ०११३ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बलेरोमा सवार हाल वतन नखुलेका ३५ वर्षीय भिम कटुवालको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij