राष्ट्रपति-पौडेलद्वारा-५-देशका-लागि-राजदूत-नियुक्त-‍

राष्ट्रपति-पौडेलद्वारा-५-देशका-लागि-राजदूत-नियुक्त-‍

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • राष्ट्रपति-पौडेलद्वारा-५-देशका-लागि-राजदूत-नियुक्त-‍

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको हो । 

    संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij