गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरिने भएको हो । 

    विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ ।

    उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । 

    आगामी माघ १० देखि आरएनपी–एआर प्रणाली प्रभावकारी हुने भन्दै जनाइएको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरू सहजरुपमा उडान अवतरण हुनसक्ने जनाइएको छ । भूउपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हट्ने छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय मिटरको भिजिबिलिटिमा काम गर्ने छ । 

    यस्तै रात्रिको समयमा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टा अगाडि खुल्ने भएको छ । धावनमार्गसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन भन्दै गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको छ । आगामी माघ १९ गतेदेखि लागू हुनेगरी राति ११ देखि बिहान ७ बजेसम्म ८ घण्टामात्रै विमानस्थल बन्द गरिने भएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij