जीबी राईको पासपोर्ट रोक्का

जीबी राईको पासपोर्ट रोक्का

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • जीबी राईको पासपोर्ट रोक्का

    काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी (पासपोर्ट) रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको हो । 

    देशभरका ६ वटा सहकारीको बचत रकम अपचलनको आरोपमा प्रहरीले राईसहित तत्कालीन गोर्खा मिडियाका सञ्चालकहरुमाथि अनुसन्धान जारी राखेको छ । तर, राई भने फरार छन् ।

    हकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन । यस्तो अवस्थामा नेपाल प्रहरीले उनलाई स्वदेश फर्काएर अनुसन्धान चलाउन सजिलो हुन सक्नेछ ।

    विभिन्न सहकारीको २ अर्ब ५८ करोड अपचलन गरेको आरोप लागेका राईको राहदानी रोक्काका लागि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई अनुरोध गरेको थियो । तर सहकारी ठगी आरोपमा मात्र उनको पासपोर्ट रोक्का गर्न विभागले अस्वीकार गरेको थियो ।

    प्रहरीले राईसहित गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सञ्चालक छविलाल जोशी लगायतविरुद्ध संगठित अपराधको मुद्दा अघि बढाएपछि कास्की प्रहरीले पुन राईको पासपोर्ट रोक्का गर्न विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।

    राईको राहदानी रोक्का भएसँगै अब उनले नेपाली राहदानी प्रयोग गरेर यात्रा गर्न सक्ने छैनन् । राई नेपालबाट भागेर विदेश गएको भन्दै प्रहरीले उनलाई खोज्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ ।

    उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई दुई पटक पत्राचार गरेको थियो ।

    काठमाडौंस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको थियो । तर, उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् ।

    यसअघि संसद्को राज्य व्यवस्था समितिमा बोल्दै जीबी मलेसियामा रहेको सार्वजनिक रुपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नै बताएका थिए ।

    गत भदौको पहिलो साता एसपी नरहरि रेग्मीसहित २ जनाको टोली मलेसिया पठाएर जीबीलाई ल्याउनेबारे पहल समेत गरिएको थियो । जीबी मलेसियामै रहेको भन्ने पूर्ण जानकारी पाएर मलेसिया गएको रेग्मीको टोली यत्तिकै फर्किएको थियो ।

    कास्कीको सूर्यदर्शन, चितवनको सहारा, पर्साको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी र बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा भित्राएर अपचलन आरोपमा अनुसन्धान भइरहेको छ । लामिछाने र जोशी लगायत अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij