नेपाल प्रहरीका १० जना डिआईजीको सरुवा, को–कहाँ ?

नेपाल प्रहरीका १० जना डिआईजीको सरुवा, को–कहाँ ?

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • नेपाल प्रहरीका १० जना डिआईजीको सरुवा, को–कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीका १० जना जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ। गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी १० डिआइजीहरुको सरूवा गरेको हो।

    जसअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डिआइजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग सरूवा गरिएको छ। त्यहाँ कार्यरत डिआइजी रामदत्त जोशीको बढुवा भएकाले रिक्त स्थानमा डिआइजी सिंहलाई सरूवा गरिएको छ।

    त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत डिआइजी कुबेर कडायतलाई प्रहरी प्रधान कार्यालयको आइजिपीको सचिवालयमा सरूवा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मा कार्यरत डिआइजी रविन्द्र केसीलाई पनि प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय सरूवा गरिएको छ।

    कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी चन्द्रकुवेर खापुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सरूवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डिआइजी जनक भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ।

    त्यस्तै साइबर ब्युरोमा कार्यरत डिआइजी लालमणी आचार्यलाई मधेश प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ। कर्णाली प्रदेश कार्यालयमा कार्यरत डिआइजी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यलयको अपराधन अनुसन्धान निर्देशनालय सरूवा गरिएको छ।

    प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डिआइजी कुबेर कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ। त्यस्तै प्रहरी प्रधान कार्यायलयको विशेष ब्युरोमा कार्यरत डिआइजी मनोज केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा गरिएको छ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी राजन अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालय सरूवा गरिएको छ।

    470014580_903054535290404_6098627278700907693_n-1734051137.jpg

     

     

    470059536_903054551957069_1561536965300351654_n-(1)-1734051137.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij