काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम

काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम

    काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । 

    बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो । 

    दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।

    यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर मौसम आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । 

    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij