बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

    शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकेको थियो ।

    संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij