काठमाडौं । नेपाल बीमा प्राधिकरणको जिम्मा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन् । प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव दाहालले अध्यक्षका रुपमा कामकाज गर्ने भएका हुन् ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुद्दा दायर गरेपछि उनी स्वतः पदमुक्त भएका थिए । अर्को व्यवस्था नभएसम्मका लागि दाहालले नै सबै अध्यक्षको कार्य सम्हाल्नेछन् ।