ठमेलमा झगडा गरेको आरोपमा एक महिलासहित ५ जना पक्राउ

ठमेलमा झगडा गरेको आरोपमा एक महिलासहित ५ जना पक्राउ

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • ठमेलमा झगडा गरेको आरोपमा एक महिलासहित ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलस्थित कर्म क्लब नजिकै झगडा गरेर निरज बडूवाललाई कुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्तिक १६ मा देउसी खेल्ने क्रममा भेट भएका ५ जना युवाहरूले बडूवाललाई कुटपिट गरेका हुन् । 

    पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका लाक्पा शेर्पा, नुवाकोट तादी घर भएका रञ्जित तामाङ, तनहुँका कृष्पिन थापा उर्फ कृष्णवीर मगर, काभ्रेको रोशी घर भएका सोनु लामा र राधा लामा छन् । 

    उनीहरुले रड र नक प्रयोग गरेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । आरोपीहरुविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा ज्यान मार्ने कसुर विरुद्धको जाहेरी दर्ता भएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij