जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

    काठमाडौं । जापान सरकारको अनुदान १ करोड ३५ लाख रुपैयाँको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । 

    बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

    उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij