हिमपातका कारण हिल्सा नाका बन्द

हिमपातका कारण हिल्सा नाका बन्द

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • हिमपातका कारण हिल्सा नाका बन्द

    काठमाडौं । हिमपात भएपछि चीनसँगको सिमाना जोडएको हिल्सा नाका बन्द भएको छ । सोमबार बिहानैबाट भएको हिमपातको कारण ४६७० मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ जमेको छ । त्यसले गर्दा हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।

    नारा लेकमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण यारी हिल्सा र हिल्सा यारी सडक सोमबारबाट अवरुद्ध भएको जनाइएको छ । 

    आइतबारसम्म सो सडकमा यातायातका साधनहरु सञ्चालनमा थिए । उनले करिब बीस किलोमिटर सडकमा बाक्लो हिउँ जमेको कारण सडक बन्द भएको र हिल्सामा रहेका मानिस हिल्सामै रोकिएको जनाइएको छ । 

    हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालयका कर्मचारी, होटेल व्यवसायी लगायत बस्दै आएका छन् । नारा क्षेत्रको सडकमा जमेको हिउँ नपन्छाएसम्म उक्त सडक सञ्चालनमा आउने अवस्था छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij