काठमाडौं । सन् २०३४ को विश्वकप फुटबल आयोजनाको अवसर साउदी अरेबियाले पाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० तथा सन् २०३४ को विश्वकप आयोजकका टुङ्गो लगाएको हो ।
भिडियो लिङ्कमार्फत भएको फिफाका २११ सदस्य राष्ट्रको बैठकले सो निर्णय गरेको हो । निर्वाचन प्रक्रियामा नर्वेले भने असहमति जनाएको छ ।
सन् २०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ । त्यसैगरी विश्वकप फुटबल सुरुवातको सय वर्ष पुरा भएको उपलक्ष्यमा तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् ।