जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

    काठमाडौं । जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एक महिने दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । 

    सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

    प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय इन्द्रजित थापा (चालक), अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो ।

    उनीहरुको मृत्यु नलगाड नगर अस्पताल दल्लीमा उपचारको क्रममा भएको र शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको नगर अस्पताल दल्ली जाजरकोटमा उपचार भइरहेको छ । 

    यस्तै, अर्का घाइते नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडक बाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij