चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी आरोपमा १ जना पक्राउ

चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी आरोपमा १ जना पक्राउ

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी आरोपमा १ जना पक्राउ

    काठमाडौं । चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ बेलडाँडीका ५६ वर्षीय अरुण भनिने रामभक्त श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनको आँपटारीबाट पक्राउ गरेको हो ।

    गत साउन ८ गते बौद्ध टुसालमा रहेको ल्हासा गेस्टहाउसमा सञ्चालित चाइनिज इन्टरप्राइजेज इन्कुवेसन सेन्टर प्रालिमा रहेको चिनियाँ नागरिकको छि युआन योङको कोठाबाट चोरी गरेको आरोप छ ।

    उनीविरुद्ध यसअघि १५ माघ २०७१ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट, ५ माघ २०७१ मै परिसर काठमाडौंबाट र ७ भदौ २०७३ मा परिसर काठमाडौंबाटै चोरीको कसुरमा मुद्दा चलेको खुलेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij