एक महिनाअघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

एक महिनाअघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • एक महिनाअघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

    काठमाडौं ।  मध्यराति काठमाडौंको ठमेलमा एक युवामाथि रड प्रहार भएको एक महिनापछि ५ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा संखुवासभाका चिचिला गाउँपालिका–२ दिदिङका २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीका २१ वर्षीय रञ्जित तामाङ, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका २२ वर्षीय कृष्णबीर मगर भनिने कृष्पिन थापा, काभ्रेको रोशी गाउँपालिका–९ का २६ वर्षीय सोनु लामा र सोही ठाउँका २१ वर्षीय राधा लामा रहेका छन् ।

    उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको हो । यो समूहले कात्तिक १६ गते राति १२ बजेतिर ठमेलको जेपी मार्गस्थित कर्मा क्लब अगाडि निरज बडुवालमाथि आक्रमण गरेको थियो । रड, नकलगायत आक्रमण गर्दा बडुवाल गम्भीर घाइते भएका थिए ।

    उनीहरू विरुद्ध १६ कात्तिकमा प्रहरी वृत्त सोह्रखुट्टेमा जाहेरी दर्ता भएको थियो । पक्राउ परेका पाँचै जनालाई कारबाहीका लागि सोह्रखुट्टे वृत्त पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij