चार महिनामा नेपालले निर्यात गर्यो १ अर्ब ९० करोड रुपैयाँको अलैंची

चार महिनामा नेपालले निर्यात गर्यो १ अर्ब ९० करोड रुपैयाँको अलैंची

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • चार महिनामा नेपालले निर्यात गर्यो १ अर्ब ९० करोड रुपैयाँको अलैंची

    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २५० किलो अलैंची निर्यात भएको हो । 

    गत आर्थिक वर्षको चार महिनाको तुलनामा २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार उक्त अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो ।

    विभागकाे तथ्यांकले परिमारण र मूल्यका आधारमा अलैंची निर्यात घटेको देखाए पनि विगत दुई वर्षयता उत्पादन समेत घटेको छ । अलैंची उत्पादन ५० प्रतिशतले घटेकाले मूल्य भने १० वर्षपछि बढेको छ । १० वर्षअघि प्रति मन (४० किलाे) १ लाख २० हजार पुगेको थियो, यसपालि प्रतिमन १ लाख ७ हजारसम्म पुगेकाे छ । अहिले सरदर प्रतिमन १ लाख ५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

    उत्पादन घटेकाले गत वर्ष पनि प्रतिमन ९० हजार रुपैयाँमा काराेबार भएको थियाे । पछिल्ला तीन वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको छ ।

    अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादन भएको अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij