२२५ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान

२२५ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • २२५ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान

    काठमाडौं । २२५ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । शन्ति सैनिकहरु बुधबार मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । 

    यूएन मिसन अन्तर्गत महावीर गणको दोश्रो डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण (शान्ति सेना) तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा Central African Republic प्रस्थान गरेको हो ।

    यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोश्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका थिए ।

    हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij