सशस्त्र प्रहरीका इन्स्पेक्टर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीका इन्स्पेक्टर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • सशस्त्र प्रहरीका इन्स्पेक्टर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) छविलाल कुँवर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्ने ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको  हो

    प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो । त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij