पोखरामा आज पनि रास्वपाको प्रदर्शन

पोखरामा आज पनि रास्वपाको प्रदर्शन

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • पोखरामा आज पनि रास्वपाको प्रदर्शन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पुर्याइएको छ ।

    उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् । पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् ।

    वीरगञ्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले केहीबेर अघि रविलाई पोखरा पुर्याएको हो । पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij