रविलाई सिमराबाट काठमाडौं हुँदै पोखरा पुर्याइयो

रविलाई सिमराबाट काठमाडौं हुँदै पोखरा पुर्याइयो

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • रविलाई सिमराबाट काठमाडौं हुँदै पोखरा पुर्याइयो

    काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइएको हो ।

    वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लगिएको थियो ।उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं हुँदै पोखरा लगिएको हो । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

    सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्याएको छ ।

    पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

    समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई कात्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij