सहकारी बचतकर्ताको रकम फिर्ता गर्न मानव अधिकार आयोगको निर्देशन

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न मानव अधिकार आयोगको निर्देशन

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • सहकारी बचतकर्ताको रकम फिर्ता गर्न मानव अधिकार आयोगको निर्देशन

    काठमाडौं । सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । बुधबार आयोगले ‘सहकारी सम्बन्धमा देखिएको समस्याको सार्थक समाधान खोज, बचतकर्ताको रकम फिर्ताको लागि ठोस कदम चाल’ भन्दै सरकारलाई निर्देशन दिएको हो । 

    देशभरका सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत छन् । सञ्चालकहरू सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ता समस्यामा परेका छन् ।

    विगतमा सहकारीपीडितको समस्या समाधान गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वयन नभएकोमा आयोगले चिन्ता जनाएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा व्यक्तिको आर्थिक, सामाजिक र सांकृतिक अधिकारको हनन भएको भन्दै राज्य र पीडितबीच भएका सहमति कार्यान्वयन गर्न, शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत अधिकारको संरक्षण गर्न साथै सहकारीमा देखिएको कानूनी, नीतिगत लगायत सबै प्रकारका समस्याहरू समाधान गर्न भनिएको छ ।

    आयोगले भनेको छ, ‘बचतकर्ताको बचत फिर्ता र दोषीलाई कारबाहीको लागि सार्थक र परिणामुखी कार्य गरी समयमै यो समास्या समाधान गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij