पर्सामा बयान सकेर पोखरा पठाइए रवि लामिछाने

पर्सामा बयान सकेर पोखरा पठाइए रवि लामिछाने

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • पर्सामा बयान सकेर पोखरा पठाइए रवि लामिछाने

    काठमाडौं । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । 

    निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । 

    पर्सा जिल्ला प्रहरी कार्यालयले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्‍याइने जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij