मोटरसाइकल दुर्घटनामा परी गायक तथा कमेडियन हिक्मत महराको निधन

मोटरसाइकल दुर्घटनामा परी गायक तथा कमेडियन हिक्मत महराको निधन

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • मोटरसाइकल दुर्घटनामा परी गायक तथा कमेडियन हिक्मत महराको निधन

    काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका गायक तथा कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन् ।

    महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष ४ मा पुगेका थिए । रियालिटी शोमा दिएको प्रस्तुतिले उनी चर्चामा आएका थिए ।

    उनै उदीयमान कमेडियन महराको दुर्घटनामा निधन भएको हो । महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनामा परेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij